राजनीति

काँग्रेस नेता प्रकाशमानले सुरु गरे महाधिवेशन केन्द्रित सम्पर्क कार्यालय


काठमाडौं– नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आसन्न १४ औं महाधिवेशनलाई लक्षित गर्दै आफ्नो सम्पर्क कार्यालय खोल्नुभएको छ ।

नेता सिंहले मंगलबारदेखि संचालन हुने गरि सिंहदरबारको मुल गेट अगाडि ट्राफिक कार्यलयसँगैको यलम्बर पार्टी प्यालेसमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्नुभएको हो । कांग्रेस महाधिवेशन २४ मंसिरबाट सुरु हुँदैछ ।

सिंहको समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता डा. शेखर कोइरालाले पनि उम्मेदवारी दिने बताएका छन् ।