राजनीति

पौडेल पक्ष निरिह बन्दा शक्तिशाली बन्दै देउवा, दोहोरिएलान् सभापतिमा ? (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशन हुन नसकेको प्रदेश दुई बाहेक अन्य प्रदेशको नतिजा आइसकेको छ । जसमा संस्थापन पक्षले बर्चश्व जमाएको छ । सिटौला पक्षले सस्थापन पक्षलाई समर्थन गरेपछि जिल्ला, प्रदेशमा मात्रै होइन केन्द्रमा पनि देउवा शक्तिशाली बन्ने भएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ७ प्रदेशमध्ये ६ प्रदेशमा नेतृत्वको टुंगो लागेको छ । शनिबार ६ प्रदेशमा भएको मतदानमा केन्द्रीय तहका नेताहरु प्यानलनै बनाएर प्रतिस्पर्धामा उक्रिएका थिए । जसमा सिटौला पक्षको साथले संस्थापन पक्षलाई थप बल मिलेको छ । काँग्रेसमा अस्थित्वमा रहेका तीन गुटमध्ये एक सिटौला पक्षले देउवालाई समर्थन गरेपछि जिल्ला, प्रदेशमा मात्रै होइन केन्द्रमा पनि देउवा शक्तिशालि बनेका छन् । आगामी कार्यकालका लागि पनि देउवा नै शक्तिशालि बनेरसभापति बन्ने कतिपय नेताहरुले दाबी गर्न थालेका छन् ।

अधिवेशन भएको छ प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा संस्थापनइतर पौडेल पक्षले सभापतिमा बाजी मारेका छ । यता बागमती, कर्णाली र सदूरपश्चिम प्रदेशमा भने देउवा पक्ष सभापति विजयी बनेका छन् । प्रदेश एकमा नेता कृष्ण सिटैला पक्षिय उद्धव थापा सभापतिमा विजयी बने । पदाधिकारीमा समेत थापा पक्षकै बाहुल्यता रहेको छ । यता प्रदेश–२ को अधिवेशन तत्कालको लागि स्थगित छ ।

जहाँ सस्थापन पक्षमै रहेर सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिको बाहुन्यता रहेको छ । सात प्रदेश मध्ये तीन प्रदेशमा आफ्नो शक्ति आर्जन गरेका देउवालाई अहिले नै शक्तिशालि भनिहाल्न नमिल्ने कतिपय नेताहरु बताउँछन् । केन्द्रीय महाधिवेशनसम्म को को उम्म्द्वार बन्ने भन्ने विषय नटुंगिएकोले सिटौलाको साथ देउवाले नै पाउने निश्चित नभएको नेताहरुको भनाइ छ ।

भागबण्डा मिलाएरै देउवाले सिटौलाको साथ पाए भने महाधिवेशनमा उनको जितलाई कसैले रोक्न सक्दैन तर भागबण्डा नमिलेर सिटौला पौडेल पक्षमा फर्किने सम्भावनालाई पनि नकार्न सकिदैन् । यस्तो अवस्थामा काँग्रेसको नेतृत्व कसले हत्याउने हो त्यो थाहा पाउन भने महाधिवेशनसम्म कुर्नै पर्ने हुन्छ ।