राजनीति

आफ्नै शीर्ष नेताबाट धोका पाएका गुरुराज २ मतले हारेपछि पश्चातापमा (भिडियोसहित)


काठमाडौँ – नेपाली काँग्रेसको प्रदेश नं १ को सभापतिमा गुरुराज घिमिरे जम्मा २ मतले पराजित भए । उनलाई उमेदवार बनाउने आधा दर्जन शिर्ष नेताहरुले नै मत नदिएपछि उनले बेहोरेको पराजयले काँग्रेसभित्र हलचल श्रृजना गरेको छ ।

नेपाली काँग्रेसको प्रदेश नं १ को सभापतिमा गुरुराज घिमिरे जम्मा २ मतले पराजित भए । जीत हार त राजनीतिमा नौलो कुरा भएन । तर जस्ले उमेदवार बनाए उनैले नेताहरुले मतदान नगर्दा गुरुराज घिमिले हारको चोट खेप्न पर्याे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश १ सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाएका थिए । यो समूहको प्रदेश १ मा सबैभन्दा ठुलो नेता भनेकै डा.शेखर कोइराला हुन् । तर डा कोइरालादेखि केन्द्रइ तहका नेताहरु सुजाता कोइराला, महेश आचार्य, बलबहादुर केसी जस्ता नेताहरुले मतदान नै नगरेको पाइएको छ । जस्ले उमेदवार बनाए उसैले मतदान नगर्दा घिमिरे जम्मा २ मतले पराजित भएका हुन् ।

सभापतिमा विजयी भएका उद्धव थापा र घिमिरेबीच कडा टक्कर पर्ने अनुमान दुवै पक्षमा घाम जत्तिकै छर्लङ थियो । र पनि यी ठूला भनिएका नेताहरु आफ्ना उमेदवार जिताउन किन मतदान स्थालमा पुगेनन् ? आफ्नै भन्नेहरुले घिमिरेलाई किन पराजित बनाए ? सर्वत्र आलोचना सुरु भएपछि नेताहरुले आफ्नो बचाउका लागि वक्तव्यबाजी गर्न थालेका छन् । डा. शेखर कोइरालाले प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको स्पष्टोक्ति दिएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन् । ‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय सुरु देखि नै ‘संशय’ थियो । कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें ।’ मतदानमा भाग नलिनु कमजोरी भएको स्वीकार्दै कोइरालाले क्षमा मागेका छन् । तर उनको पश्चताप र माफी मगाईले पराजित घिमिरे पुन विजयी बन्न सक्दैनन् । अहिले काँग्रेसभित्र खुल्दुली पैदा भएको छ ।

अझ शिर्ष भनिएका नेताहरु तथ्यहिन हलैहलैमा कति लैबरी शैलीमा हिड्छन् भन्ने कोइरालाको वक्तव्यले प्रष्ट पारेको छ । प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको उनको स्पष्टोक्ति छ । यता सुजाता कोइरालाको अभिव्यक्ति झन् यति लज्जास्पद छ की आफूहरुले भोट गर्न छुटेको भन्दै पुन मतदानका लागि माग गरेकी छिन् । निर्वाचन समितिका सदस्यहरुले आफूहरुलाई भ्रमित बनाएको उनको दावी छ । स्वयम गुरुराज घिमिरेले पनि शिर्ष नेताहरुको नियत खराब राखेर आफूलाई पराजित गराएको होइन भन्ने निष्कर्षमा छन् ।

पार्टी पद्धती कसरी चल्छ भन्ने आफ्नै पार्टीको विधान नपढ्ने र रे रे को पछि लाग्ने नेताहरुको शिर्ष तहका नेताहरुको शैली नै लज्जास्पद हो ।
नेताहरुको यो तहको लज्जास्पद शैली र गुटभित्र पनि एकले अर्कालाई नटेर्ने, आफैँ मपाइत्वको कुचेष्टाको घानमा गुरु घिमिरे पिसिएका हुन् । घिमिरेले पुन मतगणानाको माग गर्दै निर्वाचन समितिलाई निवदेशन गरेका छन् । जिल्ला निर्वाचन समितिले यो केन्द्रीय निर्वाचन समितिले मात्रै निर्णय दिन सक्छ भन्दै यो विवाद केन्द्रमा पठाइदिएको छ । त्यसो त यो विषय तत्काल सेलाउने देखिएको छैन ।