समाचार

बैतडीमा जीप दुर्घटना : चार जनाको मृत्यु


काठमाडौँ – बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार साँझ पाटन नगरपालिका–१ साकारमा पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि २४ वर्षीय प्रेम चुनारा, २० वर्षीया मनिषा विक र पाटन नगरपालिका–१ का १६ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका ६ जनाको पाटन स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जीपका चालक फरार रहेको बताउनुभयो ।

सडकबाट करिब डेढ सय मिटर तल खसेर जीप दुर्घटना भएको हो ।