राजनीति

मेरो हारमा शेखर र सुजाताको भूमिका देख्दिन : गुरुराज घिमिरे (अन्तर्वार्तासहित)


काठमाडौँ – नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले आफू पराजित हुनुमा डा. शेखर कोइरालासहित शिर्ष नेताहरुको सुनियोजित खोट नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसको प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापासंग २ मतले पराजय बेहोरेका घिमिरेले मतदान गर्न पाउने वा नपाउने सम्वन्धमा नेताहरु भ्रममा परेका कारण मतदानमा सहभागी हुन नसकेको बताउनुभएको हो ।

कोइरालासहित घिमिरे प्यानलका झण्डै २० जनाले मतदान गरेनन् । घिमिरेको भनाई छ, ‘शिर्ष नेताहरुमा केन्द्रीय सदस्यले प्रदेशस्तरमा मतदान गर्न पाउने की नपाउने भन्ने द्वविधा पनि थियो, अर्काे कुरा भारी मत अन्तरले जित हुन्छ भन्ने अति–आत्मविश्वास पनि भयो । त्यसैको परिणाम हो ।’ उहाँले भन्नुभयो, ‘तर यो मतपरिणाम पुनः गणना नहुँदासम्म मान्न सक्दीन, अहिले खसेकै मतमा म विजयी हुन्छु भन्ने विश्वास छ, मतगणनामा मलाई शंका छ ।’

घिमिरेले पुनः मतगणनाका लागि निवेदन दिनुभएको छ ।