राजनीति

पौडेल पक्षका सभापतिका आकांक्षीहरु छलफलमा जुटे, साझा उम्मेद्वारमा जुट्ला त सहमति ?


काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताउनुभयो ।

बैठकमा पौडेलसहित सभापतिका आकांक्षीहरु महामन्त्री डा. शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला सहभागी छन् । महाधिवेशनमा सर्वसम्मत उम्मेदवार उठाउने पौडेल समूहले बताउँदै आएको छ तर सभापतिका आकांक्षीले आफ्नो नाममा सहमति हुनुपर्ने दावी गर्दै आएका छन् । कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२७ सम्म काठमाडौँमा हुँदैछ ।

संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।