राजनीति

गुरूराज घिमिरेलाई मत नदिएकोमा शेखर कोइरालाले मागे क्षमा


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश–१ का सभापतिका उम्मेदवार गुरुराज घिमिरेलाई मतदान नगरेकोमा क्षमा माग्नुभएको छ । कोइरालासहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश १ सभापतिमा केन्द्रीय सदस्य गुरूराज घिमिरेलाई सभापतिको उम्मेदवार बनाएका थिए ।

घिमिरे सभापतिका अर्का उम्मेदवार उद्धव थापासँग २ मतले पराजित हुनुभएको छ । शेखरसहित केन्द्रीय नेताहरु महेश आचार्य र सुजाता कोइराला मतदानमा सहभागी नै नभएको बताइएको छ । प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको कोइरालाले बताउनुभयो । प्रदेशमा मत दिँदा भविष्यमा कानुनी जटिलता आउने परामर्श पाएकाले मतदानमा भाग नलिएको उहाँले प्रष्ट पार्नुभयो ।

‘कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय सुरु देखि नै ‘संशय’ थियो ।’ शेखरले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानें।’ मतदानमा भाग नलिनु कमजोरी भएको स्वीकार्दै शेखरले क्षमा माग्नुभएको