राजनीति

गैंडा र एमाले समान, जिस्काए परिणाम राम्रो नआउने चेतावनी


काठमाडौँ – नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको बताएका छन् । उनले गैँडा र एमालेले जाइलाग्नेलाई नछाड्ने भन्दै दुवैको प्रवृत्ति एउटै भएको अभिव्यक्ति दिएका हुन् र

सोमबार चितवनमा पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेलाई जिस्क्याए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने बताए ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’