राजनीति

देउवाले मागे पत्रकारसँग सहयोग,सत्ता गठबन्धन निर्वाचनसम्मै जाने


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुलाई कांग्रेसको आसन्न महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले आज पत्रकारहरुलाई डाकेर १४ औं महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले सीमित पत्रकारहरु बोलाइएको कार्यक्रममा सभापतिमा फेरि पनि आफू लड्न लागेको भन्दै देउवाले सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने – “यो मेरो अन्तिमपटक हो । मैले यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।”

फरक प्रसंगमा बोल्दै सभापति देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने पनि बताएका थिए । उनले भने “सत्ता गठबन्धन निर्वाचनसम्मै जान्छ,” । साथै उनले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । प्रतिनिध र नजिकका कार्यकतालाई मात्र महाधिवेशनमा उपस्थित गराउने उनले बताए ।