राजनीति

चुनाव भएका ६ वटै प्रदेशको नतिजा सार्वजनिक,को कहाँ बलियो ?


काठमाडाैँ – नेपाली कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ ।

प्रदेश–१ मा देउवाको समर्थन रहेका कृष्ण सिटौला समूहका उद्धव थापा दुई मतले विजयी हुनुभएको छ । सभापतिमा थापाले ८ सय ४४ मत र संस्थापन इतर पक्षका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नुभएको हो ।

यस्तै लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमर पुन विजयी हुनुभएको छ । वाग्मती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । बानियाँले एक हजार ८५ र जगदीश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याउनुभएको छ ।

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर, कर्णालीमा ललितजङ्ग शाही र गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ ।

प्रदेश–२ मा भने अधिवेशन कहिले हुने अझै अन्योल छ । प्रदेश–२ मा रहेका आठ जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये सात वटा निर्वाचन क्षेत्रमा अधिवेशन नभएकाले प्रदेश अधिवेशन स्थगित भएको हो ।