राजनीति

प्रदेश १ मा पुनः मतगणना गर्नुपर्ने घिमिरेको माग


काठमाडौँ – नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदमा उम्मेदवारी दिएका पौडेल पक्षका गुरुराज घिमिरेले पुन मत गणना गर्नु पर्ने माग गर्दे लिखित निवेदन दिएका छन् । उनले संस्थापन समूहका उद्धव थापासँग दुई मतको झिनो अन्तरले पराजित भएपछि पुन मत गणना गर्नु पर्ने माग गरेका हुन् ।

घिमिरेले मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा निवेदन दिए । आज बिहान निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाएका थिए भने घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।