राजनीति

‘म ठूलो हुँ’ भन्ने भाव नराख्न डा.लोहनीको सन्देश


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गर्नु भएको छ । हिजो राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रिय सदस्यहरुको सपथ तथा प्रमाणपत्र वितरण समारोहमा बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुने वित्तिकै म ठूलो भए भन्ने भावना पाल्न नहुने बताउनु भएको हो ।

लोहनीले पार्टीको विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टी भित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान गर्दै अघि बढने विश्वास समेत व्यक्त गर्नु भयो ।

निवर्तमान अध्यक्ष लोहनीले राप्रपालाई मुलुकको भरपर्दो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गराउँदै अघि बढनुपर्ने आवश्यक्तामा पनि जोड दिनु भयो ।