राजनीति

देउवा पक्ष बलियो, वागमती प्रदेश र १ मा पनि संस्थापन पक्षकै पकड


काठमाडौँ – नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी हुनुभएको छ । उहाँले आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्नुभएको हो ।

देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मार्नुभएको हो । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गर्नुभयो भने केसीले ९२७ मत प्राप्त गर्नुभयो ।

यसैविच, कांग्रेसको प्रदेश १ सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी हुनुभएको छ । आज बिहान निर्वाचन समितिले घोषणा गरेको मतपरिणाम अनुसार थापाले ८ सय ४४ मत पाएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्धी पौडेल–कोइराला समूहका गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा सस्थापनईतरका अमरसिहं पुन निर्वाचित हुनुभएको छ । पुन वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुनुहुन्छ । यससँगै लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।