राजनीति

काँग्रेसको प्रारम्भिक नतिजामा पौडेलभन्दा देउवा अगाडी, कुन प्रदेशमा कसको जित ? (भिडियोसहित)


काठमाडौँ — पहिलोपटक संघीयताको अभ्यास गरेको नेपाली कांग्रेसमा प्रदेशको नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहबीच प्रतिस्पर्धाभयो । अधिकांश प्रदेशको नेतृत्व चयनसँगै अबको काँग्रेसकेन्द्रीय नेतृत्वका लागिसमेतप्रारम्भिक नतिजा बाहिरीएको छ ।

शनिवार निर्वाचन सम्पन्न भएका प्रदेशमध्ये सुदुरपश्चिमकोसभापतिमासंस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित भए । उनले संस्थापनइतर पक्षका नारायणदत्त मिश्रलाई पराजित गर्दा देउवानिकट प्यानल नै विजयी भयो । देउवा नेतृत्वको संस्थापन पक्षबाटै चुनाव लडेका ललितजंग शाही कर्णाली प्रदेशको सभापतिमा निर्वाचित भए । पौडेल पक्षका भूपेन्द्रजंग शाही र उपसभापति विमलेन्द्र निधि पक्षधर मोतिराज बमलाई शाहीले पराजित गर्दा पदाधिकारीमा समेत संस्थापनकै वर्चश्व छ । तर संस्थापनलाई पछि पार्दै गण्डकीमा भने पौडेल पक्ष हाबी भएको छ ।देउवानिकट अर्जुनप्रसाद जोशीलाई हराउँदै पौडेल पक्षका शुक्रराज शर्मा सभापति बनेका छन् ।

यहाँ संस्थापनले मात्र एक उपसभापति जितेको छ । यो समाचार तयार पर्दासम्म लुम्बिनी, बागमति, प्रदेश–२ र एकको नतिजा सार्वजनिक भएको छैन ।सम्भाव्यतालाई हेर्दा बागमतिमा देउवा पक्ष सुरक्षित जस्तै छ भने प्रदेश दुईमा समेत देउवा पक्षको सम्भावना बलियो छ । लुम्बिनी र प्रदेश एकमा कडा प्रतिस्पर्धा छ ।

१६ जिल्लाको अधिवेशन गर्न बाँकी नै रहेका बेला सभापति देउवा पक्षले ३१ जिल्लाको नेतृत्व हत्याएको छ । पौडेल पक्षले २७ जिल्लाको नेतृत्व पाउँदा सिटौला पक्ष ३ जिल्लामा विजयी भएको छ । कतिपय जिल्ला र प्रदेशमासंस्थापन र सिटौला समीकरणसहित चुनावमा होमिएका छन् ।प्रदेशमा समेत देउवा–सिटौला समिकरणले अग्रता लिएको छ । जुन पौडेल पक्षका लागि चुनौतिको विषय हो । साझा उम्मेद्वार बनाएर देउवाविरुद्ध उभिने प्रतिवद्धता गरेको पौडेल पक्षमा चार प्रमुख दाबेदारबीचसहमति नहुँदा देउवालाई सहज देखिएको छ ।

प्रमुख चार दाबेदारलेएकले अर्काेलाई छोड्न तयार नभएपछि महाधिवेशन आउन एक साता बाँकी रहँदासम्म पनि पौडेल पक्षको उम्मेद्वार टुंगिएको छैन । नेताहरुबीच सहमतिको संकेत नदेखिएपछि उम्मेद्वारी छनोटको विषयलाई जिल्ला सभापतिमा छोड्नुपर्ने विकल्प महामन्त्री शशांक कोइरालाको छ । जसमा अन्य नेताहरु सहमत देखिदैनन् । त्यसबाहेक जिल्ला र प्रदेशको प्रारम्भिक नतिजाले देउवालाई सहज बनाउँदै लगेको छ ।