राजनीति

तपाईहरु विनाको राप्रपा कल्पना गरेको छैन् : लिङ्देन


काठमाडौँ — राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्षहरुको सम्मानमा कुनै कमी हुन नदिने बताएका छन् ।

आइतबार विहान सकिएको मतगणनामा वर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेर हराएको भन्दै थापा नयाँ कार्यसमितिको शपथ ग्रहणमै गएनन् ।

अध्यक्षमा निर्वाचित लिङ्देनले भने थापा विनाको राप्रपा आफूहरुले कल्पना नगरेको बताए । पूर्व अध्यक्षहरु थापासँगै पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीबाट अभिभावकीय मात्र होइन, सक्रिय राजनीतिक भूमिकाको अपेक्षा गरेको भन्दै उनले भने, ‘नेतृत्व परिर्वतनको कुरा गरेको तपाईँहरुलाई राप्रपाबाट बाहिर राखौं भनेको होइन । ड्राइभर परिवर्तन गरौं मात्र भनेको हौं ।’