राजनीति

निर्वाचन परिणाम सबैले स्वीकार गर्नुपर्छ : राणा


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले निर्वाचन परिणम सवैले स्वीकार गर्नुपर्ने बताएका छन् ।

आइतबार सकिएको मतगणनाले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा पराजित कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन् । पूर्वअध्यक्ष समते रहेका उनी नयाँ कार्यसमितिको सपथ ग्रहणमा समेत गएनन् ।

तर पूर्व अध्यक्ष राणाले भने महाधिवेशनका क्रममा नै आफूले सकेसम्म सहमति गरौं, चुनाव भए परिणाम सबैले स्वीकार गर्नुपर्छ भनेको स्मरण गराए । उनले अघि भने, म परिणाम स्वीकार्छु, सम्पूर्ण साथीहरुलाई पनि स्वीकार्न अनुरोध गर्छु ।’