राजनीति

नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण थापा अनुपस्थित


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।

आइतबार विहान सम्पन्न निर्वाचनमा थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्षमा पराजित थापाले भने पार्टीको महाधिवेशनमा पूर्व राजाले हस्तक्षेप गरेको आरोप लगाएका छन् । प्रज्ञा भवनमा आयोजित सपथ ग्रहण समारोहमा समेत गएका छैनन् ।

निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।