राजनीति

काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु


काठमाडौँ — नेपाली काँग्रेस प्रदेश १ को मत गणना सुरु भएको छ । काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ः५० बाट मतगणना कार्य सुरु भएको हो । निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम सुरु भएको हो ।

काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो । मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो ।