राजनीति

ईन्द्र बानियाँलाई भीमसेनको साथ


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बागमती प्रदेश सभापतिका उम्मेदवार संस्थापन पक्षका ईन्द्रबहादुर बानियाँलाई सिटौला समूहका भीमसेनदास प्रधानले साथ दिने भएको छ ।

पहिलो चरणको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि बानियाँ र जगदीश्वर नरसिंह केसीबीच दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणको मतदानमा इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्रै मत ल्याएका थिए । बानियाँको पक्षमा ९९२ मत खसेको थियो भने केसीको पक्षमा ८७२ मत खसेको थियो । यस्तै बानियाँलाई समर्थन गरेका प्रधानले १९७ ल्याएका थिए ।

नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोही अनुसार दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो लगाउन थालिएको हो ।