राजनीति

आज गुट अन्त्य भयो : अध्यक्ष लिङ्देन


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पार्टीमा आजबाट गुटको अन्त्य भएको बताएका छन् । उनले राप्रपामा कोही पनि कसैको मान्छे नभएको र सबै एक भएको बताएका हुन् ।

विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै लिङ्देनले भने ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं । कोही कुनै पक्षका छैनौं ।’ उनले भने ‘आजबाट कुनै गुट छैन । कोही कसैको मान्छे छैन ।’
लिङ्देनले हिजोसम्म राप्रपाका कार्यकर्ताहरु कुनै एक नेताको मान्छे भएर कार्यक्रममा जाने भएता पनि आजबाट सबै राप्रपाको मान्छे भएर जाने बताए ।