राजनीति

सभापतिका लागि बागमतीमा दोहोर्याएर चुनाव हुँदै



काठमाडौँ – नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि दोस्रो चरणको मतदान हुने भएको छ । इन्द्रबहादुर बानियाँ र जगदिश्वर नरसिंह केसीबीच अहिले साढे एघारमा सभापतिका लागि दोहोर्याएर चुनाव हुन लागेको हो ।

शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । सभापतिका उम्मेदवार बानियाँले ९९२, केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत ल्याउनुभएको थियो । नेपाली काँग्रेसको विधानअनुसार सभापतिमा कूल खसेको मतको ५१ प्रतिशत मत ल्याएमात्र विजयी हुने व्यवस्था छ । ५१ प्रतिशत मत नपुगे बढी मत ल्याएका दुई जनाबीच पुनः प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । सोही अनुसार पुन मतदान हुन लागेको हो ।इन्द्र बानियाँ र जगदीश्वरनरसिंहबीच प्रतिष्पर्धा हुन लागको हो ।