देश

गण्डकीमा शुक्रराज शर्मा विजयी


काठमाडौँ – नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी हुनुभएको छ । शर्माले ६ सय १२ मत ल्याउँदै सभापतिमा निर्वाचित हुने भएको हो ।

शर्माका प्रतिष्पर्धी संस्थापन पक्षका अर्जुन जोशीले मात्र ५ सय २८ मत ल्याउनुभएको थियो । निर्वाचनमा जम्मा १ हजार १४६ मत खसेको थियो ।

उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्। उपसभापतिमा पौडेल पक्षबाट कल्पना तिवारी विजयी भएकी हुन् ।