राजनीति

कर्णालीमा ललितजंग शाही विजयी


काठमाडौँ – नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी हुनुभएको छ । संस्थापन पक्षका ललितजंगले भुपेन्द्रजंग शाहीलाई ९१ मतले पछि पार्दै विजयी हुनुभएको हो ।

आइतबार बिहान आएको मत परिणाम अनुसार निर्वाचनमा कुल ७ सय ५४ मत खसेको थियो । जसमा ललितजंगले ४ सय २२, भुपेन्द्रजंगले ३ सय १७ र विमलेन्द्र निधि निकट मानिने मोतीराज बलले भने ७ मत प्राप्त गरेका थिए । त्यस्तै ८ मत बदर भएको थियो । प्रतिस्पर्धी भुपेन्द्रजंग रामचन्द्र पौडेल पक्षका हुन् ।

बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ।