राजनीति

राप्रपा महामन्त्रीमा धवल शम्शेर राणा विजयी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री धवल शम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए ।