राजनीति

कमल थापाद्वारा हार स्वीकार,निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै उनले पराजय सहर्ष स्वीकार गरेका हुन् ।

थापाले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत् ट्विट गर्दै आफुले हार स्वीकार गरेको जानकारी दिएका हुन् । उनले आफ्नो हारको कारणभने ज्ञानेन्द्र शाहालाई लागएका छन् । उनले पार्टीको आन्तरिक प्रतिष्पधामा निर्मल निवासबाट नांगो हस्तक्षेप गरेको आरोप लगाए । उनले लेखेका छन् “पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।”

साथै थापाले राजा ज्ञानेन्द्रबाट आफूले राम्रो पुरस्कार पाएको पनि उल्लेख गरेका छन् । “सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।”