राजनीति

राप्रपाको नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन, कमल थापा पराजित


काठमाडौँ – राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित हुनुभएको छ । केहीबेरअघि सकिएको मतगणनाअनुसार लिङ्देनले एक हजार आठ सय १७ मत ल्याएर विजयी हुनुभएको छ ।
लिङदेनले निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्नुभएको हो । थापाले जम्मा एक हजार ६ सय १७ मत ल्याउनुभएको छ । चार सय १३ मत बदर भएको थियो । लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिनुभएको थियो । थापाले पराजय स्वीकार गर्ने बताउनुभएको छ । ट्वीट गर्दै थापाले अध्यक्षमा लिङ्देन विजयी भएकोमा बधाई पनि दिनुभएको छ । थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप समेत लगाउनुभएको छ ।