देश

कांग्रेसको प्रदेश नेतृत्वका लागि मतदान सम्पन्न


काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज मतदान भएको छ ।

प्रदेश नेतृत्वका लागि मिश्रित समीकरण बनेको छ । कतै शेरबहादुर देउवा–कृष्ण सिटौला पक्ष मिलेर उम्मेदवारी दिएका छन् भने कतै देउवा–रामचन्द्र पौडेल–सिटौला र विमलेन्द्र निधि पक्षबीच त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ । मतदान सम्पन्न भएका प्रदेशमा मतगणना सुरु भएको छ ।