राजनीति

राप्रपाको मतदान सकिन मध्यरातसम्म लाग्ने, चार घण्टाभित्र परिणाम आइसक्ने


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान लम्बिएको छ । आज बिहान ढिला गरी सुरु गरेका कारण मतदान सकिन मध्यरातसम्म लाग्ने भएको हो ।

महाधिवेशनमा ४ हजार ३८० जना प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्दा मतदान कार्य रातिसम्म लाग्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतगणना सकिएको चार घण्टाभित्र परिणाम आइसक्नेछ ।

राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।