राजनीति

संविधान संशोधन गर्न जसपा प्रतिबद्ध छ : नेता भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको दावी समेत गर्नु भयो ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले सबै उत्पीडित समूदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकतावद्ध भएर अघि बढन पनि आह्वान गर्नु भयो । अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसद्मा कुरा उठाईराखेको र मन्त्रिपरिषद्मा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासन समेत दिनु भयो ।

अध्यक्ष भट्टराईले फेरी पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्क समेत गर्नु भयो ।