राजनीति

राप्रपा नेतृत्वका लागि मतदान जारी


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज मतदान भईरहेको हो ।

मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिव १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रिय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिनु भयो । उहाँले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताउनु भयो ।

निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ । त्यसपछि दुई घण्टा भित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।