राजनीति

जनताका अधिकार जोगाउन माओवादी बलियो हुनुपर्नेमा प्रचण्डको जोड


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका अधिकार जोगाउन आफ्नो पार्टी बलियो हुनुपर्ने बताउनु भएको छ । आज चितवनमा आयोजित कार्यक्रममा उहाँले माओवादी कमजोर भए जनताका अधिकार खोसिने भएकाले बलियो हुनुपर्ने जिकिर गर्नु भएको हो ।

त्यस्तै प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभयो । उहाँले नेपाली जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताउनु भयो ।