देश

सर्लाहीमा शंकास्पद शव फेला


काठमाडौँ – सर्लाहीमा हत्या गरि पानीमा फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर निवासी ३० वर्षीय शत्रुधन राउतको शव फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको खाल्टोमा घोप्टो पारेर पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे छोरा काम गर्न गएको थियो । घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।