राजनीति

राप्रपाको यो हविगतको जिम्मेवारी लिँदै थापाले नेतृत्व छाड्नुपर्छ, दोहोरो भूमिकाले राप्रपा डुब्यो : विष्णु भट्टराई (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङदेन  चुनावी मैदानमा होमिएको छ । शुक्रबार उमेदवारी दर्ता गराएका उनीहरुले राप्रपाको नयाँ नेतृत्वमा पुग्न अन्तिम कसरत गरिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । दुवै पक्ष प्यालनसहित निर्वाचनमा होमिएको हो । शनिबार मतदान हुँदै गर्दा दुवै पक्षले जितको अन्तिम संघर्ष गरिरहेका छन् । उमेदवारी दर्ताका लागि राष्ट्रिय सभागृहमा दलबलसहित पुगेका दुवै पक्षले आफ्नो जीतको दावी गरेका छन् ।


थापा प्यानलबाट उपाध्यक्षका लागि बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानको उम्मेदवार बनेका छन् । यस्तै थापा प्यानलबाटै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन् । यसैगरी महामन्त्रीको उम्मेदवार भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही रहेका छन् । एकिकृत पार्टीको अध्यक्ष बन्ने दौडमा रहेका कमल थापाले पार्टी एकतालाई निरन्तरता दिन आफू अध्यक्षको आकांक्षि भएको बताएका छन् । अध्यक्षमा निर्वातिच भए पार्टीलाई एक ढिक्का बनाउने प्रण गरेका छन् ।

राजेन्द्र लिङ्देन प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार रहेका छन् भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम रहेको छ । विक्रम पाण्डे चाहीँ दुवै प्यानलको साझा उमेदवार बनेका छन् । त्यसो त पाण्डेलाई सर्वाधिक मत आउने आँकलन गरिएको छ । पदाधिकारीका बाँकी उम्मेदवार भने कसैको प्यानलमा अटाएका छैनन् ।

कुन प्यानल विजयीको यात्रामा हुने छ भन्ने अब रस्सकस्सी सुरु भएको छ । पकट पटक पार्टी टुटफुट र जुटको दोष थापा माथि पनि छ । किनकी उनी कुनै न कुनै रुपमा फुटको कार्यमा संलग्न छन् । पटक पटक नेतृत्वमा रहेर पनि संगठनलाई चुस्त बनाउन नसकेको दोष थापाले खेप्दै आएका छन् । राजसस्थाको नारालाई एक ढिक्का बनाई बुलन्द बनाउन नसकेको अवगुण त अधिकांश कार्यकर्ताले विश्लेषण गरिरहेका छन् ।

बेला बेला राजसस्थाको वकालत गर्दै हुने छिटफुट आन्दोलन, हिन्दु धर्म सापेक्ष व्यवस्थाको आन्दोलनले गति लिन नसकेको समयमा आफूलाई राजावादी भन्ने ससाना गंगठनहरुले पनि लिङदेनको पक्षमा लबिङ गरिरहेको देखिन्छ । यो जनजातीको पनि पार्टी हो भन्ने सन्देश प्रवाहका लागि पनि यस पटक लिङदेनको उमेदवारी अर्थपूर्ण छ । निरंकुश, सामन्ति वा एलिट समूहको नेतृत्व गर्ने पार्टीको ट्याग लागेको राप्रपामा जनजातीको छोरो पहिलो पटक नेतृत्वका लागि उभीँदा कार्यकर्ता तहमा छुटै उत्साह पनि देखिएको हो । यसै सन्दर्भमा रहेर वरिष्ठ अधिवक्ता तथा राप्रपाका नेता विष्णु भट्टराईसँग योहो बहसमा गरिएको कुराकानी :