राजनीति

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ — ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

शुक्रबार भएको दुर्घटनामा २५ वर्षीय बसन्त लिम्बू र १५ वर्षीय समीर लिम्बूको मृत्यु भएको हो । अन्य दुईजना गम्भीर घाइते छन् । सिकैचाको ओरक्पाबाट बोखिमतर्फ गोलिया बोकेर जानेक्रममा मे १ त ६८९३ नम्बरको ट्रयाक्टर सडकबाट २०० मिटर तल झरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

ट्याक्टरमा सवार चारजना घाइते भएकोमा गम्भीर घाइते दुई जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत धरान लगिएको थियो । जसमा बसन्तको धरानमा र समिरको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर घाइते चालक अमिन लिम्बू र सुशन लिम्बूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।