समाचार

एआईजी पोखरेल सुटुक्क भारत भ्रमणमा


काठमाडौँ — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन् । बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् ।

झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

आईजीपी क्षेत्री र उनका ब्याचमेटहरु ०७९ वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनको अवकाशपछि आईजीपी बन्न विश्वराज पोखरेल र सहकुल थापाको बिचमा प्रतिस्पर्धा भइरहेको छ । एआईजी पोखरेल र थापालाई केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ दरबन्दी सिर्जना गरेर एआईजीमा बढुवा गरेको भन्दै संगठनमा आलोचना हुँदै आएको छ ।