राजनीति

काँग्रेसमा सभापति भिडन्त – टीम बनाएर लड्छन् कि एक्लाएक्लै ? (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औं महाधिवेशन आउन मात्र एकसाता बाँकी छ । तर नेतृत्वको हाडबाजीमा रहेका नेताहरुले परिपक्क समिकरण र टीम तयार पार्न सकिरहेका छैनन् । मतदाताका रुपमा महाधिवेशन प्रतिनिधि आइसकेपछि पनि केन्द्रीय नेतृत्वका विषयमा नेताहरु अलमलमै छन् ।

चार महिनाअघि वडा अधिवेशन सुरु गरेर चौधौं महाधिवेशनमा जुटिरहेको नेपाली काँग्रेसले वडा, गाउँ÷नगर, प्रदेशसभा क्षेत्र, संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिरमहासमिति सदस्य निर्वाचित गराइसकेको छ । अधिकांश जिल्लामा कार्यसमिति पनि निर्वाचित भइसकेका छन् भने अहिले प्रदेश अधिवेशन चलिरहेको छ । अब महाधिवेशन आउन मात्र एकसाता बाँकी छ । तर नेतृत्वका लागि नेताहरुको होडबाजी नै चलेपनि समीकरण र प्यानलसहित कोही बाहिर आएका छैनन् । बरु कोठे बैठकमैसीमित बनेर नेतृत्वको हुँकांर लगाइरहेका छन् ।

सभापतिका आकांक्षीहरु मतदातालाई आफ्नो पक्षमा पार्न गुटगत कार्यक्रम र कोठे छलफलमा व्यस्त बनेका हुन् ।नेतृत्वका लागि शेरबहादुर देउवा पुनः सभापतिमा दोहोरिन खोजिरहेका बेला उनकै खेमाका उपसभापति विमलेन्द्र निधिले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । तर सभापतिका बाहेकका पदमा न देउवाले टीम बनाएका छन्, न निधिकै टुङगीएको छ । युवापुस्ताका कल्याण गुरुङले सभापतिमा उठ्ने घोषणाा गरेका छन्, तर टीमविहिन छन् ।

संस्थापन इतर समुहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालाले पनि आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।कहिले गुटगत त कहिले एक्ला–एक्लै अनि कहिले भिड्ने उनीहरुको मनस्थितिसार्वजनिक भइरहँदा उपसभापति, महामन्त्री र सहमहामन्त्री लगायतको पदमा दाबी गरिरहेका नेताहरुसमेत अन्योलपूर्ण अवस्थामा छन् ।

तल्लो तहबाट मतदाताका रुपमा रहेका महाधिवेशन प्रतिनिधि आइसकेपछि पनि केन्द्रीय नेतृत्वमा आफ्नै समुहभित्र एकले अर्काेलाई मानिहाल्ने स्थिति बनेको छैन । देउवालाई टक्कर दिन खोजिरहेको संस्थापन इतर पक्षबीच साझा दृष्टिकोण र उम्मेदवार आउनुपर्ने भएपनि हालसम्मको अलमलले झन अन्योलता सिर्जना गरेको छ ।