राजनीति

दोस्रोपटक अध्यक्ष बनेपछि ओली थप तगडा, संसद् चल्न नदिने, विपक्षीमाथि आक्रामक (भिडियोसहित)


काठमाडौँ — एमाले अध्यक्षको दोस्रो कार्यकालमा आक्रामक इनिङ गरेका ओली विपक्षीमाथि समेत खरो उत्रने नीति अख्तियार गरेका छन् ।जसलाई सार्थक तुल्याउन ओलीको निशाना ताजा जनादेश र संसद्माथि छ ।

चितवन महाधिवेशनबाट प्रतिद्वन्द्वी भीम रावललाई भारी मतान्तरका साथ हराउँदै पुनः एमालेको अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीले शुक्रबार पदभार ग्रहण गरे । सत्तामा हुँदा पनि, सत्ताबाट बाहिरीएपछि पनि राष्ट्रिय राजनीतिको ध्यान आफँैमा केन्द्रीत गर्न सफल ओली पुनः नेतृत्वमा आएपछि थप तगडा बनेर निस्किएका छन् । यसअघि ओलीको मूख्य ध्येय सरकार र सत्तागठबन्धनका गतिविधिमाथि निगरानी राख्नु मात्रै थियो । अब भने आफैँलाई पल्टाएर तङग्रीएको सरकारलाई जनताका नजरमा कसिंगर देखाएर आगामी आम निर्वाचनलाई आफ्नो पल्लामा पार्न ओली लागिपरेका छन् ।

निर्वाचनकै लागि भनेर दुई/दुईपटक संसद् विघटन गरेका ओलीलाई यसअघि गठबन्धनले असंवैधानिक र अलोकतान्त्रिक व्यक्तिको ट्याग लगाउँदै आएको थियो । अहिले त्यो आरोप ओलीले गठबन्धनमाथि लगाउन थालेका छन् । लोकतन्त्रको आधार भत्काएको तथा मुलुकलाई भद्रगोल र गतिहिनताको अवस्थामा पु¥याएको भन्दै ओलीले यस्तो अवस्थाको अन्त्य गर्न ताजा जनादेशमा जानुको विकल्प नरहेको स्पष्ट पारेका हुन् । किनकि न्यायालयदेखि संसद्सम्म अहिले मुडभेड र लथालिङगको अवस्थामा छन् ।

एमालेकै अवरोधका कारण यसअघि संसद् चल्न नसकेपछि सरकारले अधिवेशन नै अन्त्य गरेको थियो । लामो समयपछि पुनः मंसिर २८ का लागि अधिवेशन आह्वान गरिएको छ । तर अधिवेशन बोलाउनु अघि नै सरकारले अध्यादेश ल्याएर उल्टो दिशामा हिड्ने कसरत गरेको छ । फलतः ओली यो अधिवेशन पनि चल्न नदिने तयारीमा अघि बढेका छन् ।

प्रमुख प्रतिपक्षका हिसाव संसद् चल्नु र नचल्नुमा ओलीको प्रमुख भूमिका छ ।कारबाही सिफारिसमा परेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले बचाएको आरोपमा एमालेले यसअघि नवौं अधिवेशनका कुनै पनि बैठक चल्न दिएको थिएन ।अहिले पनि ओलीले माधव नेपाल जस्ता गैरसांसद छिरे संसद्नै बन्धक बनाउने अडान दोहो¥याइरहेका छन् । यसमा विश्लेषकहरु ओलीसहित माधव नेपाललाई समेत उत्तिकै दोषी देख्छन् ।

संसद्माथि प्रहार र निर्वाचनमाथि लक्षितओली सहज तरिकाले सदन चल्न दिने मनस्थितीमा छैनन् ।आफुले गरेका दुई÷दुई विघटनलाई सार्थक देखाउन पनि ओलीका लागि ताजा जनादेश अपरिहार्य छ ।फलतः पार्टीको दोस्रो कार्यकालमा आक्रामक इनिङ गरेका ओली सरकार र सत्तागठबन्धनमाथि पनि थप आक्रामक बन्दै आगामी निर्वाचनलाई आफ्नो लयमा ल्याउन तत्पर बनेका छन् । जसले सरकारका गतिविधि र असफलताले थप मद्दत दिलाइरहेको छ ।