राजनीति

म अन्तिम पटक चुनाव लड्छु : सुजाता कोइराला


काठमाडौँ — नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आफू अन्तिम पटक चुनावमा लड्ने बताएकी छिन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार विराटनगरमा प्रदेश १ को अधिवेशनलाई सम्बोधन गर्दै उनले आफू अन्तिम पटक चुनावमा लड्ने र त्यसपछिका दिनहरूमा युवाहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अगाडि बढाउनुपर्ने बताएकी हुन् ।

निर्वाचनका वेला गुट-उपगुट भए पनि निर्वाचनपछि पार्टीको नीति र विधानलाई टेकेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘पार्टीको विधानलाई टेकेर हामीले नीति ऐन निर्माण गर्नुपर्छ, यसलाई बारम्बार परिवर्तन गर्दा र आफ्नो सुविधाअनुसार विधान बनाउँदा पार्टी कमजोर हुन्छ ।’