समाचार

सोह्रखुट्टेमा आगलागी, नियन्त्रणका लागि ६ दमकल खटाइयो


काठमाडौँ — सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । ‘बाहिरी भागको आगो नियन्त्रणमा लिएपछि मात्र भित्र प्रवेश गर्छौं, त्यसपछि नै आगलागीको कारण थाहा हुन्छ’ ।