राजनीति

विक्रम पाण्डेको समर्थन राजेन्द्र लिङदेनलाई


काठमाडौँ — कमल थापाको प्यानलबाट समेत वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका विक्रम पाण्डेले राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन पक्षमै खुल्ने निर्णय गरेका छन् ।

उनी चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेको उपाध्यक्षका उम्मेदवार दिलविकास राजभण्डारीले जानकारी दिए ।

राप्रपामा चुनावी प्रक्रिया सुरु हुँदै गर्दा पाण्डेले वक्तव्य नै निकालेर लिङ्देनलाई समर्थन गरेको घोषणा गर्ने भएका छन् । ‘उहाँ आज दिनभर अध्यक्ष राजेन्द्र लिङ्देनसँगै चुनावी प्रचारमा हिँड्नुभयो,’ राजभण्डारीले नेपालखबरसँग भने, ‘उहाँले यता समर्थन गरेको वक्तव्य निकाल्ने तयारी गर्नुभएको छ ।’