राजनीति

ओलीले दोस्रो कार्यकालको पदभार ग्रहण गर्दै


काठमाडौँ – नेकपा एमालेको नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पदबहाली गर्दैछन् । उनले आज दिउँसो एक बजे पार्टी कार्यालय पुगेर दोस्रो कार्यकालका लागि पदबहाली गर्न लागेका हुन् । उनले आज थापाथलीस्थित पार्टी केन्द्रिय कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

चितवनमा सम्पन्न भएको एमालेको १० औं महाधिवेशनमा ओली अत्यधिक मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएको थिए । उनले अध्यक्ष पदमा नै उम्मेदवारी दिएका भीम रावललाई भारी मतले पराजित गरेका थिए ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए ।