राजनीति

स्वास्थ्य लाभ लिइ जबरा अस्पतालबाट डिस्चार्ज


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि नेपाल एपीएफ अस्पतालमा उपचाररत न्यायाधीश जबरालाई आज बिहान डिस्चार्ज गरिएको हो ।

बरा पाँच दिनको अस्पताल बसाईपछि स्वास्थ्य लाभ लिएर बिहान ९ बजे डिस्चार्ज भएको अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा उनी अस्पताल भर्ना भएका थिए । उनलाई कोरोनासँगै निमोनिया पनि भएको जनाएको थियो ।