राजनीति

कक्षा १२ को नतिजा सार्वजनिक, बी ग्रेड ल्याउने विद्यार्थीको संख्या बढी


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बिहान बसेको बैठक सकिएको छ । बैठकले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आज बिहानको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

तीन लाख ८५ हजार विद्यार्थी सामेल भएको परीक्षामा सबैभन्दा बढी बी ग्रेड ल्याएर पास गर्ने विद्यार्थी रहेका छन् । करिब एक लाग विद्यार्थी बी ग्रेडमा पास भएका छन् । त्यस्तै सात हजार ३६ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । ४८ हजार तीन सय ३९ जना परीक्षार्थी ए ग्रेडमा पास भएका छन् । सी र डी ग्रेड ल्याउने विद्यार्थी पनि रहेको नियन्त्रक शर्माले जानरकारी दिए । साथै, ई ग्रेड ल्याउने विद्यार्थीको संख्या १० हजारको हाराहरीमा रहेको छ ।

आफ्नो नतिजा थाहा पाउनका लागि https://neb.ntc.net.np/ यो वेभसाइडमा गएर परीक्षाको नतिजा हेर्न सकिन्छ । साथै एसएमएसबाट पनि नतिजा हेर्न सकिन्छ । त्यसका लागि एसएमएस बक्समा गई टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउनु पर्ने हुन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।
कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थितमा भएर गराइएको थियो।