राजनीति

राप्रपामा नेतृत्व चयनको सकस : कार्यकर्ताको रोजाइमा कमल थापा कि राजेन्द्र लिङ्देन ? (भिडियोसहित)


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतापछिको पहिलो महाधिवेशन जारी छ । यो महाधिवेशनले आगामी चार बर्षका लागि नेतृत्व चयन गर्नेछ । राप्रपाको भावी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङदेन चुनावी मैदानमा छन् । तर शीर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सहमतिमै नेतृत्व चयनको पक्षमा देखिन्छन् ।

झन्डै १५ बर्षदेखि पार्टीमा राजकाज चलाएका निवर्तमान अध्यक्ष कमल थापा पुनः नेतृत्वमा दोहोरिने तयारी सहित चुनावी मैदानमा होमिएका छन् । थापाको प्रतिद्धन्दीका रुपमा राप्रपाबाट एकमात्र जननिर्वाचित प्रतिनिधिसभा सदस्य तथा युवा र जनताले पत्याएका राजेन्द्र लिङ्देन छन । अध्यक्षका प्रतिद्धन्दी दुवै आफु अध्यक्ष बन्ने दावी सहित प्यानल नै बनाएर अघि बढेका छन् ।

नेता र कार्यकर्ताहरु समूह बनाएरै थापा र लिङदेनको पक्षमा उभिएका छन । यता शीर्ष नेतृत्व भने सकेसम्म सहमतिमा नै नेतृत्व चयन गर्ने कसरतमा छ । निर्वतमान बनेका अन्य दुई अध्यक्ष पशुपतिशम्सेर जबरा र प्रकाशचन्द्र लोहनी मध्ये लोहनीले लिङदेन नै अहिलेको उपयुक्त विकल्प भन्दै समर्थन गरे पनि निर्वाचनका पक्षमा भन्दा सहमितबाटै नेतृत्व चयन गर्ने पक्षमा छन् ।

नेता कार्यकर्ताहरु सकेसम्म सहमतिमा नै नेतृत्य चयन गर्नुपर्ने पक्षमा छन् । मुलुकभित्र जारी राजनीतिक संकट र वेथितिको अन्त्य गर्दै राप्रपाको राजनीतिक मुद्धा स्थापित गर्न एकजुट हुनुको विकल्प नरहेको उनीहरुको तर्क छ । समयानकुल राप्रपालाई नेतृत्व गर्न सक्ने जुझारु व्यतिm राप्रपा र मुलुकको लागि अपरिहार्य रहेको उनीहरु बताउँछन । कमल थापा यसअघि पनि अध्यक्ष रहेकोले राजेन्द्र लिङ्देनलाई परीक्षण गर्नुपर्नेमा राप्रपाका कतिपय नेताहरुले जोड दिँदै आएका छन् । त्यसो त लिङ्देनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सद्भाव पनि रहेको चर्चा छ ।