राजनीति

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, रेल्वे लगायतका अध्यादेश जारी गर्नुभएको छ । अध्यादेश जारी भएसँगै रेल सञ्चालनका लागि बाटो खुला भएको छ । नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब बजेट र कर्मचारी व्यवस्थापनको काम अघि बढाइने छ ।