काठमाडौँ – जुम्लामा बस दुर्घटनमा परी दुई जना यात्रुको मृत्यु भएको छ। सिंजा गाउँपालिकामा भएको दर्घटनामा नवीन रावल र विशाल बमको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।
कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो। साथै चार जना सवार बसमा दुई जना घाइते भएका छन् । घाइतेको उद्धारका लागि प्रहरी त्यस तर्फ लागका छन् ।
बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिइन्।


प्रतिक्रिया