राजनीति

एमालेमा पूर्वमाओवादीबाट बादलसहित ३ जना निर्वाचित


काठमाडौँ — नेकपा एमालेको १०औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।