राजनीति

एमाले अध्यक्षको परिणाम : ओलीले १२ सय मत ल्याउँदा रावलले ल्याए ८२


काठमाडौँ — नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ।
सुरुवाती नतिजामा अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो अन्तरले पछि पारेका छन् । ताजा परिणाम अनुसार ओलीले १२०० मत ल्याउँदा रावलको पक्षमा ८२ मत मात्रै झरेको छ ।

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन् ।