कोरोना विशेष

थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुग्यो


काठमाडौँ — नेपालले कोरोना विरुद्धको थप ७ लाख २५ हजार डोज खोप प्राप्त गरेको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६० लाख डोज खोप मध्येको पहिलो खेप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत नेपालले पाउने भनेको ६० लाखमध्येको पहिलो खेप आइपुगेको बताए । थप दुई खेप खोप यसै साता आइपुग्ने उनले जनाए ।