राजनीति

सचिवका लागि पनि निर्वाचन हुने, आचार्य र कार्कीको उम्मेदवारी


काठमाडौँ – नेकपा एमालेको १० औं महाधिवेशनमा सचिवका लागि पनि निर्वाचन हुने भएको छ । चितवनको सौराहमा जारी महाधिवेशनमा भीम आचार्य र टंक कार्कीले पनि सचिव पदमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन हुने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सचिवको नामावलीमा आफ्नो नाम नपरेपछि उनीहरुले पनि उम्मेदवारी दिएका हुन् । ओलीले प्रस्ताव गरेका पदाधिकारीको नामावलीमा असन्तुष्ट भएकाहरूले उम्मेदवारीमा नाम दर्ता गराउने क्रम जारी छ । आइतबार राति बन्दसत्रमा विभिन्न पदका लागि ओलीले १९ सदस्यीय पदाधिकारीहरुको नाम प्रस्ताव गरेका थिए ।